scheduleबिहिवार श्रावण २९ गते, २०७७

‘जाभी ढिलो चाँडो बार्सिलोनाको प्रशिक्षक अवश्य बन्नेछन्’

काठमाडौँ, २९ असार । बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तेमोउले जाभी हर्नानडेज ढिलो चाँडो बार्सिलोना प्रशिक्षक बन्ने बताएका छन् । यस सिजनको अन्त्यमा उनलाई बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी दिने तयारी भइरहेको खबर बाहिर आएको थियो ।

तर, बार्तेमोउले भने बार्सिलोना यस समय प्रशिक्षक क्विक सेटियनको पक्षमा रहेको बताएका छन् । अर्को सिजन पनि सेटियन बार्सिलोनमा नै रहने सम्भावना बलियो रहेको उनले बताएका छन् ।

यस सिजन स्पेनिस लिग लालिगामा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ ।

शिर्ष स्थानमा रहेको रियल मड्रिडलाई पछ्याउँदै रहेको बार्सिलोनाले यस सिजन स्पेनिस लिग लालिगाको उपाधि जित्ने सम्भावना निकै कम रहेको छ ।

यस सिजन बार्सिलोना उपाधि विहिन भएमा बार्सिलोनाले सेटियनलनलाई बर्खास्त गर्ने तयारी गरेको खबर बाहिर आएको थियो ।

नयाँ सिजन सुरु हुनपुर्व नै जाभीलाई बार्सिलोनाको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय