scheduleशनिवार श्रावण २४ गते, २०७७

बच्चन परिवारसँग कन्ट्याकमा आएका ५८ जनाको कोरोना परीक्षण

काठमाडौँ, २९ असार । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जना सदस्यलाई कोरोना संक्रमण भएपछि उनीहरुसँग कन्ट्याकमा रहेका ५८ जना व्यक्तिहरुको पनि कोरोना परीक्षण भएको छ ।

मिडिया रिपोर्टका अनुसार उनीहरुको रिपोर्ट सोमबार दिउँसो आउँनेछ । कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनको नानावती हस्पिटलमा उपचार गराइरहेका छन् ।

उनीसँगै अभिषेक, ऐश्वर्या र आराध्याको पनि सोही हस्पिटलमा उपचार भइराखेको छ । उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । भारतमा पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फेलिएको छ ।

संक्रमितको संख्या ८ लाख ७९ हजार नाघेको छ । आइतबारमात्रै भारतमा २९ हजारभर संक्रमित फेला परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय