scheduleमगलवारमाघ १३ गते, २०७७

भर्चुअल्ली भानुजयन्ती


नर्थ क्यारोलाइना, २९ असार । नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अन्तराष्ट्र्रि नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसी एनसी)को संयुक्त आयोजनामा यसपालीको २०७ औं भानुजयन्ती भर्चअल सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न भर्चुअल भानुजयन्तीमा अतिथिहरु नेपालबाट कल्पतरु साहित्यक पत्रिकाका प्रधान सम्पादक नवराज पुढासैनी ‘ज्योत्सना’, कार्यकारी सम्पादक गोकुल अधिकारी, अतिथि सम्पादक मुकुन्द अर्याल सहभागी थिए । त्यस्तै अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने अतिथि कविहरु गोविन्दसिंह रावत, मुक्ति गौतम, दिपा राई पुन, राजेन्द्र अर्याल, सीता अर्याल, उर्मिला निर्दोषी, दुर्गा दाहाल, संस्थाका सल्लाहकारहरु इश्वर देवकोटा, डा.नारायण राजभण्डारी, मनोज प्रधान पनि सहभागी थिए ।

अन्य भर्चुअल सहभागीहरुमा साहित्यकार डा. हरिहर भट्टराई, अनेसास बोर्ड अफ ट्रस्टीका प्रतिनिधि पदम विश्वकर्मा, एनसी एनसीका अध्यक्ष रविन्द्र कार्की तथा सदस्यहरु, साहित्यकार निलम कार्की निहारिका र एन आर एन अध्यक्ष कुलानन्द शर्मा रहेका थिए ।

कार्यक्रमका अध्यक्षले आफनै घरबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण गरी शुरु भएको कार्यक्रमको शुरुवातको सञ्चालन संस्थाकी वर्तमान अध्यक्ष नम्रता गुरागाईंले गरेकी थिइन् ।

भर्चुअल्ली सहभागीहरुलाई स्वागत संस्थाकी महासचिव निर्मला राजभण्डारीले गरेकी थिइन् । कार्यक्रममा साहित्यकार डा.हरिहर भट्टराईले भानुभक्तका सक्कली र नक्कली तस्बीरहरु दुबै देखाएर भानुजयन्तीमा सक्कली तस्बीर राखिनुपर्ने कुरामा जोडदिए ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो सत्रको संचालन संस्थाका सदस्य डा.ऋषि बस्ताकोटीले कल्पतरु साहित्यक पत्रिका र प्रधान सम्पादक नवराज पुढासैनीको छोटो परिचय दिएर शुरु गरेका थिए । कार्यक्रममा पत्रिकाको विमोचन तथा छोटो मन्तव्य प्रधान सम्पादक स्वंयले गर्नुको साथै उक्त पत्रिकाभित्र प्रकाशित केही कविताहरुको संक्षिप्त समिक्षा साहित्यकार डा. गोविन्दसिंह रावतले गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण अतिथि कविहरु तथा स्थानिय कविहरुले आ—आफना कविता वाचन गरेका थिए । स्थानिय कविहरुमा जितमान बस्नेत, सविता विष्ट, दिपेन्द्र विष्ट, रमेशप्रसाद गौतम, निलम कार्की निहारिका, गीता बस्नेत, ईश्वर देवकोटा, उमा शर्मा, डा.अच्युत शर्मा, शिशिर खनाल रहेका थिए ।

यसैगरी दई वर्षमा साहित्यिक संस्थाको कार्यसमिति परिवर्तन भएर नर्या कार्यसमिति आउनु पर्ने प्रावधान अनुसार २०२०—२०२२ को लागि नम्रता गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमित भएको करा कार्यक्रमका अध्यक्षले घोषणा पनि गरे ।

उक्त कार्यसमितिको अध्यक्षमा नम्रता गुरागाईं, उपाध्यक्षमा शिशिर खनाल, कार्यकारी सचिमा निर्मला राजभण्डारी, कोषाध्यक्षमा सुजाता ढुंगेल, सदस्यहरुमा विक्रम गौतम, डा. अच्युत शर्मा, डा.ऋषि बस्ताकोटी, उमा शर्मा, गीता बस्नेत र शिखर दुलाल (पदेन सदस्य) रहेका छन् ।

कार्यक्रमको दोस्रो चरणलाई संस्थाकी कोषाध्यक्ष सुजाता ढुंगेलले अमेरिकाको नर्थ क्यारोलाइनामा हुर्कदै गरेका र नेपाली सिक्न इच्छुक नेपाली मूलका अमेरिकन भाइबहिनीहरुका लागि खोलिएको नेपाली पाठशालाको छोटो परिचय दिदैं संचालन गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay