scheduleशनिवार श्रावण २४ गते, २०७७

तनहुँमा पहिरोमा पुरिएर २ जनाको ज्यान गयो, पाँच बेपत्ता

दमौली, २९ असार । तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय