scheduleशनिवार श्रावण २४ गते, २०७७

उपचार नपाउँदा जाजरकाेटमा सुत्केरीकाे मृत्यु

जाजरकोट, २९ असार । उपचार नपाउँदा जाजरकोटमा सुत्केरीकाे मृत्यु भएकाे छ । अत्याधिक रक्तश्रावका कारण उनकाे मृत्यु भएकाे हाे ।

जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको परिवारले जनाएकाे थियाे ।

सव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले जनाएका छन ।

उहाँका अनुसार बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय