scheduleशनिवार श्रावण २४ गते, २०७७

कोभिड १९ : असार ३१ देखि पुनः ४० उद्धार उडान हुने

फाइल फोटो

काठमाडाैं,  २९ असार ।  कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पर्सिदेखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सीसीएमसीले साउन ६ गतेसम्म ४० बढी उडान गर्ने तालिका सार्वजनिक गरेको हो । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० बढी उडानमार्फत् नेपाली ल्याउन तालिका सार्वजनिक गरेको जानकारी दिए ।

सीसीएमसीले उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो ।

सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ । भाइरस सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्धार उडान भने गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय