scheduleबुधवार श्रावण २८ गते, २०७७

नबिलद्वारा ‘नबिल डिजि बैंक’ स्थापना गरिएको घोषणा

काठमाडौं, २९ असार । नबिल बैंकले आफ्नो बैंकभित्र डिजिटल बैंकको अवधारणामा ‘नबिल डिजि बैंक’ स्थापना गरिएको घोषणा गरेको छ ।

बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रममार्फत् उक्त घोषणा गरेको हो । नबिल डिजि बैंक ग्राहकहरूले आफुले चाहेको समय, ठाउँ र सुविधाअनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । उनले यसबाट अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरुमार्फत् अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।

रुपान्तरणको प्रक्रियामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइसिआइसिआइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको जानकारी दिए ।

शाहले बैंकका नायब महाप्रबन्धक विनयकुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थायी संरचनागत इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दू भएको प्रष्ट पारे ।

यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त उनले विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरुमार्फत् पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै हुवावै टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले हुवावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रक्रियामा प्रयोग गरी सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय