scheduleशनिवार श्रावण २४ गते, २०७७

थप ३ निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

काठमाडौं, २९ असार । सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो ।

काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशालाले परिक्षणको अनुमति पाएका  छन्।

यसअघि पनि काठमाडौंमा कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब, केएमसी अस्पताल र स्टार अस्पतालको प्रयोगशालाले परिक्षण अनुमति पाएका थिए ।

योसँगै जम्मा ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको छ। अनुमति पाए पनि कुनै पनि निजी प्रयोगशालाले कोरोना परीक्षण सुरू गर्न सकेका छैनन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय