scheduleशनिवार श्रावण २४ गते, २०७७

काठमाडाैंमा मयूर यातायातको बस सेवा शुरु, भाडा ५० प्रतिशत बढी

काठमाडौं, २९ असार । मयूर यातायातले काठमाडौं उपत्यकामा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म बस चलाउने निर्णय गरेको हो ।

कम्पनीका अध्यक्ष मोहन श्रेष्ठका अनुसार  सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको छ । सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने मयूरले जनाएको छ ।

काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस र रिङगरोडमा ४ वटा बसले सेवा दिएको जनाइएको छ । भाडा भने  ५० प्रतिशत बढी  लिने   बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय