scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रसारणमा रोक लगाएका केही भारतीय च्यानल चल्ने

काठमाडौं, २९ असार । भारतीय चारवटा न्यूज च्यानलहरुको प्रसारणलाई कायम राखेर अन्य च्यानलहरुको प्रसारणमा प्रतिबन्धलाई निरन्तरता दिइने भएको छ । नेपालका केबल अपरेटरहरूले केवल चार भारतीय न्यूज च्यानलहरुलाई मात्र प्रसारणमा प्रतिबन्ध लगाउने बताएका छन् ।

जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय केबल अपरेटरहरूको आइतबार बसेको बैठकले गरेको हो ।

नेपालमा केही केवल अपरेटरहरुले धेरै भारतीय च्यानलहरु रोके पनि डिसहोमले भने चारवटा न्यूज च्यानल मात्र रोकेको थियो ।

केवल सञ्चालकहरुलाई भारतीय मिडियाले आफ्नो गल्ती नसच्याएसम्म प्रतिबन्ध कायमै राख्न भनेको छ ।

केही भारतीय च्यानलहरुले नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतलाई जोडेर भ्रमपूर्ण र आपत्तिजनक सामग्री प्रसारण गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय