scheduleसोमवार श्रावण २६ गते, २०७७

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज, २९ असार । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनी बोलिभियाका चौथो मन्त्री हुन् ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा छन् ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उनलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ ।

बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ । एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय