scheduleशनिवार श्रावण २४ गते, २०७७

एमसीसीबारे जनता समाजवादीले मुख खोल्यो

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टीले एमसिसीबारे पार्टीले कुनै निर्णय लिइनसकेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा जसपाले एमसीसीको विरोध गरेको खबर आइरहेको बेला उक्त पार्टीले स्पष्टीकरण दिएको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति निकालेर एमसिसीबारे आफ्नो नीति र धारणा निर्माण गर्न आन्तरिक गृहकार्य जारी नै रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘एमसिसीबारे पार्टीले निर्णय गरेको छैन। कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन । यसबारे आन्तरिक गृहकार्य र छलफल जारी नै छ ।’

एमसिसीबारे जसपालाई जोडेर गरिएको प्रचारलाई जसपाले भ्रामक र सुनियोजित भनेको छ । उक्त पार्टीका नेताकार्यकर्ताहरुले त्यस्ता सामग्रीहरु उत्साहित हुँदै सामाजिक सञ्जालमा शेयर गरिरहेका देखिन्छन् ।

अध्यक्षद्वय ठाकुर र यादवले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई नै बदनाम गराउने गरी गरिएका निन्दनीय कार्यहरूप्रति घोर आपत्ति, निन्दा र विरोध गर्दछ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय