scheduleशनिवार श्रावण २४ गते, २०७७

म्यानचेस्टर सिटीमाथिकाे प्रतिबन्ध खारेज

 

एजेन्सी, २९ असार । इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध युरोपियन फुटबल महासंघ (यूईएफा) ले लगाएकोे प्रतिबन्ध खारेज भएको छ । गत फेब्रुअरीमा क्लब लाईसेन्सिंग र वित्तीय निष्पक्ष खेल नियमहरूको गम्भीर उल्लंघन गरेको आरोपमा यूईएफाको वित्तीय नियन्त्रण निकायले सिटीलाई २ वर्षका लागि यूरोपियन फुटबलबाट प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

क्लबमाथि लगाइएका सबै आरोपको कडा शब्दमा इन्कार गरेको सिटीले खेलकूदको लागि मध्यस्थता को अदालत (सीएएस) मा यस निर्णयको विरुद्ध निवेदन दिएको थियो र सोमबार भएको सुनुवाईमा सिटीको पक्षमा निर्णय उल्टिएको हो ।

योसँगै अब सिटीले आगामी सिजनको च्याम्पियन्स् लिग खेल्ने छ । शनिबार राति भएको प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटनविरुद्ध ५-० को जीत हात पारेपछि सिटी आधिकारिक रुपमा प्रिमियर लिगको यस सिजनको दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

खेल सकिएपछि कुरा गर्दै सिटीका प्रशिक्षक पेप ग्वार्डिवोलाले यो प्रतिबन्ध खारेज हुनेमा विश्वस्त रहेको बताएका थिए र उनको टिमले युरोपेली फुटबल अन्तर्गतका प्रतियोगिताहरु खेल्ने कुरा समेत स्पष्ट पारेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय