scheduleशनिवार श्रावण २४ गते, २०७७

कर्णाली प्रदेश : ४७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित एक हजार ६ सय ६३

सुर्खेत, २९ असार । कर्णाली प्रदेशमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु सुर्खेतका ४१ जना, जाजरकोट र बाँकेका एक/एक जना, दैलेख र रुकुमपश्चिमका दुई/दुई जना रहेको कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएकामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा दुई, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा दुई, वडा नम्बर ५ मा एक, वडा नम्बर ६ मा तीन, वडा नम्बर ७ मा दुई, वडा नम्बर ८, १० र १३ मा एक/एक जना, वडा नम्बर १२ मा दुई जना छन्।

सिम्ता गाउँपालिका वडा नम्बर २ मा एक, वडा नम्बर ५ मा चार, वडा नम्बर ६ र ७ मा तीन/तीन जना, वडा नम्बर ८ मा ६ जना र वडा नम्बर ९ मा चार जना, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ७, दैलेखको आठविस नगरपालिका वडा नम्बर ५ र नारायण नगरपालिका वडा नम्बर ९ मा एक/एक जना रहेको मन्त्रालयले जनाएको छ ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक जहार ६ सय ६३ पुगेको बताइएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय