scheduleबुधवार श्रावण २१ गते, २०७७

साेमबार थपिए १४४ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १६९४५

काठमाडौं, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १७०५  जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

साेमबारसम्म २ लाख ८९ हजार ३७१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ यथावत् छ । विगत् केही दिनदेखि आरडिटी परीक्षण गर्न बन्द गरिएकाे छ ।

अहिलेसम्म २३ हजार ४७०  जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६१३  जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे स‌ंख्या ३८ रहेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय