scheduleबुधवार श्रावण २८ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ७ संक्रमित

पोखरा, २९ असार । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा तनहुँ र बाग्लुङका २-२ जना तथा पर्वत, म्याग्दी र स्याङ्जाका १-१ जना छन् ।
योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११९९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको घिरिङका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी बाग्लुङको तमानखोलाका १ जना पुरुष र गल्कोटकी एकजना महिलामा पनि संक्रमण भेटिएको छ ।

त्यसैगरी पर्वतको माेदीकी एक महिलामा संक्रमण देखिँदा  म्याग्दीकाे मालिका र स्याङ्जाकाे पुतलीबजारका १-१ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म ७५७ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय