scheduleशनिवार श्रावण २४ गते, २०७७

सोमबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं, २९ चैत । नेपालमा सोमबार  १४४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित झापाका ४, मोरङका १, सुनसरीका १, सप्तरीका १, धनुषाका २७, महोत्तरीका ४, काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, ललितपुरका ५, काभ्रेका १, म्याग्दीका २, दोलखाका १, मकवानपुरका १जना रहेका छन् ।

यस्तै,  रौतहटका ९, सिन्धुलीका १, बागलुङका २,पर्वतका १,स्याङजाका १,तनहुँका २, कपिलवस्तुका १,वर्दियाका २,दाङका २,रुकुमका २, बाँकेका १, दैलेखका २,जाजरकोटका १,सुर्खेतका ४१, बझाङका २,बैतडीका २,अछामका १ र कैलालीका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म  नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १० हजार २९४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय