scheduleशनिवार श्रावण २४ गते, २०७७

एक महिनामा विदेशबाट १६७ जनाको नेपालीको शव ल्याइयो

काठमाडौँ, २९ असार । लकडाउनपछि सरकारले  जेठ २८ देखि असार २८ सम्मको अवधिमा भएका चार्टर उडानबाट १ सय ६७ वटा नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

एक महिनाको अवधिमा विदेशबाट नेपाली नागरिक फर्काउने क्रममा श्रम गन्तव्यबाट १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्रले जनाएको छ ।

यो अवधिमा २५ वटा मुलुकबाट करिब एक दर्जन वायुसेवाले १ सय ७५ वटा चार्टर उडान भरेका थिए ।

साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ गरी १ सय ६७ वटा शव ल्याइएको सीसीएमसीका सचिव महेन्द्र प्रसाद गुरागाईंले जनाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय