scheduleबुधवार श्रावण २१ गते, २०७७

बालिकाको अश्लिल भिडियो पोर्न साइटमा राख्ने युवक प्रहरी खोरमा

काठमाडौं, २९ असार । बालिकाको अश्लिल भिडियो बनाई पोर्न साइटमा राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार काठमाडौं गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले चितवनकी एक १७ वर्षीया बालिकाको अश्लिल भिडियो पोर्न साइटमा राखी साइबर अपराध गरेको प्रहरी प्रवक्ता नविन्द अर्यालले जानकारी दिएका छन् ।

श्रेष्ठले ब्लुसंसार डट कम नामको पोर्न वेबसाइट बनाई पीडित बालिकाको अश्लिल भिडियो अपलोड गरेको खुल्न आएकोले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित कसुरमा आइतबार गोंगबुबाट पक्राउ गरिएको हो ।

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमा पेश गरी ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय