scheduleशनिवार आश्विन १० गते, २०७७

चार महिनादेखि आबुधावीमा फसिन् अभिनेत्री मौनी रोय

एजेन्सी, ३० असार । अभिनेत्री मौनी रोय करिब चार महिनादेखि लकडाउनको कारण आबुधाबीमा फसेकी छिन् । उनी चार महिनादेखि नै आबुधाबिमा आफ्नै साथीको घरमा बसिरहेकी छिन् । जम्मा चार दिनको कपडाको साथ आबुधाबी आएको थिए उनी बताउँछिन् ।

उनले हालै एक अन्तर्वार्ता दिँदै भनिन्, ‘म पहिला किचेनमा प्रवेश गर्न समेत रुचाउदैनथेँ तर लकडाउनमा मेलै कुकिङ सिकेको छु । अब म बंगाली परिकारहरु पकाउन सक्छु ।’

मौनी भारत आउन नपाए पछि अब लण्डन जाँदैछिन् । लण्डनमा उनको नयाँ प्रोजेक्ट शुरु हुँदैछ ।

उनको आगामी प्रोजेक्ट अयान मुखर्जीको चलचित्र ब्रह्मस्त्र हो । यस चलचित्रमा उनीसँगै रणवीर कपुर र आलिया भट्ट हुनेछन् ।

यसअघि अक्षय कुमारको अपोजिट चलचित्र गोल्डमा काम गरेकी थिइन् । उनी चर्चित सिरियल ‘क्यूकि सास भि कभि बहु थी’ र ‘नागिन’ की अभिनेत्री हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय