scheduleमगलवार श्रावण २० गते, २०७७

म्यानचेस्टर युनाइटेडलाई नमिठो झट्का, साउथह्याम्टनले बराबरीमा रोक्यो

काठमाडौँ, ३० असार । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई साउथह्याम्टनले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । म्यानुको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनले म्यानुलाई दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको हो ।

खेलको १२ औँ मिनेटमा स्ट्रट आर्मस्टोंर्गले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २० औँ मिनेटमा मार्कस रासफोर्डले बराबरी गोल फर्काए । खेलको २३ औ मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै म्यानुलाई अग्रता दिलाए ।

शिर्ष चारमा स्थान बनाउन म्यानुले खेल जित्नै पर्ने दबाब रहेको थियो । तर, दोस्रो हाफमा साउथह्याम्टनले बराबरी गोल फर्कायो । खेलको अन्तिम समयमा साउथह्याम्टनका लागि माइकल ओबाफेमीले गोल गरेपछि म्यानु तीन अंक जोड्न असफल भएको हो ।

योसँगै म्यानु लिगको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । लिगको पाँचौ स्थानमा रहेको म्यानुको ५९ अंक रहेको छ । त्यस्तै साउथह्याम्टन ४५ अंकका साथ लिगको १२ औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय