scheduleमगलवार श्रावण २० गते, २०७७

रियल मड्रिडद्वारा ग्रानाडा पराजित

काठमाडौँ, ३० असार । स्पेनिस लिग लालिगामा रियल मड्रिडले ग्रानाडालाई २-१ गोलले पराजित गरेको छ । लिग सुचारु भएपछि एकपछि अर्को खेलमा जित हात पार्दै आइरहेको रियल यस सिजनको लालिगाको उपाधि जित्न अब एक खेल जिते हुनेछ ।

गएराति भएको खेलमा रियलले ग्रानाडाको घरेलु मैदानमा जित हात पारेको हो । रियलले खेलको पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको थियो । रियलका लागि फरल्याण्ड मेण्डी र करिम बेन्जेमाले गोल गरे ।

तर, दोस्रो हाफमा ग्रानाडाका लागि डार्विन माचिसले एक गोल फर्काएका थिए ।

यो महत्वपुर्ण जितसँगै रियलको ३६ खेलमा ८३ अंक भएको छ । बार्सिलोना ७९ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । ग्रानाडा ५० अंकका साथ लिगको १० औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय