इन्टर मिलान लिगको दोस्रो स्थानमा उक्लियो
काठमाडौँ, ३० असार । गएराति भएको इटालियन लिग सिरी एमा इन्टर मिलानले टोरिनोलाई ३-१ गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा टोरिनोले एन्द्रिया बेलोटिको गोलमार्फत अग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा इन्टर मिलानले तीन गोल फर्काएको थियो । इन्टर मिलानका लागि डियगो गोडिन, एस्ले योङ, लउतारो मार्टिनेजले एकएक गोल गरे ।
यो जितसँगै इन्टर मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टरको ३२ खेलमा ६८ अंक भएको छ । शिर्षस्थानमा रहेको युभेन्ट्सको ७६ अंक रहेको छ । टोरिनो ३४ अंकका साथ लिगको १६ औँ स्थानमा रहेको छ ।