scheduleशनिवार श्रावण २४ गते, २०७७

अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी कोरोना संक्रमित फेला

काठमाडौँ, ३० असार । अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो केही दिनयता लगातार अमेरिकामा ६० हजारभन्दा बढी संक्रमित फेला पर्दै आइरहेका छन् । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हालसम्म ३४ लाख ७९ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३८ हजार २४७ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । सोमबारमात्रै ४६५ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

१५ लाख ४९ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय