scheduleमगलवार आश्विन ५ गते, २०७८

कास्कीमा मास्क नलगाई हिँडेकालाई एकसय रुपैयाँ जरिवाना

कास्की, ३० असार । मास्क नलगाई हिँडेको भन्दै सोमबार पोखरामा १ सय २ पक्राउ गरेर १ सय रुपैयाँका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ । ८८ जना पुरुष र १४ जना महिलालाई प्रहरीले कार्वाही गरेको जानकारी दिएको छ ।

पोखराको विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

प्रशासनले उनीहरुलाई सोमबार नै १ सय रुपैयाँका दरले जरिवाना लिएर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय