प्रधानमन्त्री ओलीकाे अभिव्यक्तिप्रति भारतमा चर्काे आलाेचना
काठमाडौं, ३० असार । भारतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकाे चर्काे आलाेचना सुरु भएकाे छ । उनले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना सुरु भएकाे हाे ।
भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने भन्दै अभिव्यक्तिकाे निन्दा गरेका छन् ।
सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।