scheduleबुधवार श्रावण २८ गते, २०७७

दाउन्नेमा पहिरोले पूर्वपश्चिम राजमार्ग बन्द, कार र ट्रक च्यापियो

परासी, ३० असार । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खसेकाे छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत  दाउन्नेमा पहिराे खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेकाे छ ।

बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो लगातार गैरहेकाेले समस्या भैरहेकाे प्रहरीले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय