पहिरोमा परी स्याङ्जामा एकजनाको मृत्यु

स्याङ्जा, ३० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार विहान पहिरो जाँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका ७० वर्षीय इमानसिहं राना रहेका छन् ।
पहिरोमा परी २ जना घाइते भएका छन् भने बेपत्ता ३ जनाको खोजी कार्य भइरहेको छ ।
उनीहरु विहान धारामा पानी नआएपछि निरीक्षण गर्न मुहानतर्फ जाँदै गर्दा उक्त पहिरोमा परेकाे गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाको वडा नं ४ मा आज विहान करिब ८ बजेतिर आएको पहिरोले उक्त मानवीय क्षति गरेको बताइएको छ ।
घाइतेहरुलाइ उद्दारपछि उपचारका लागि पठाइएको पनि अध्यक्ष थापाले बताए ।