scheduleआइतवार श्रावण २५ गते, २०७७

मङ्गलबार ११६ जनामा संक्रमण, कुल संक्रमितको संख्या १७ हजार नाघ्याे

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

मङ्गलबारसम्म २ लाख ९३ हजार ७३२ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ यथावत् छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न बन्द गरिएकाे छ ।

हालसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे स‌ंख्या ३८ रहेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय