scheduleआइतवार श्रावण २५ गते, २०७७

चार जिल्ला कोरोनामुक्त, तीन प्रदेशमा संक्रमितको अवस्था उस्तै उस्तै

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका चार जिल्लाहरु पुनः कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमितहरुको संख्या शुन्य रहेको छ । केवल ७ जिल्लाहरुमा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्६ामा ४ हजार ३६१ कोरोना परीक्षण भएकोमा ११६ जनामा संक्रमण देखिएको छ भने ३४ जना निको भएका छन् । नेपालमा परीक्षण गरिएकामध्ये संक्रमितको दर ५.९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमितमध्ये मुत्यू हुनेको प्रतिशत केवल ०.२ रहेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना पोजेटिभमध्ये प्रति दश लाखमा १.३ जनाको मृत्यू भएको तथ्यांकले देखाएको छ ।

प्रदेशअनुसार कोभिड-१९ का जम्मा संक्रमित, डिस्चार्ज र मृत्यूको विवरण हेर्दा प्रदेश २ सबैभन्दा बढी प्रभावित देखिन्छ । प्रदेश २ लाई प्रदेश ५ र सुदूरपश्चिम प्रदेशले पछ्याइरहेका छन् । प्रदेश २ मा ४ हजार ३९२ जना संक्रमित भएकोमा २ हजार ४८१ जना निको भइसकेका छन् भने ४ जनाको मृत्यू भएको छ ।

प्रदेश ५ मा ४ हजार ९२ जना संक्रमित भएकामध्ये ३ हजार ३३६ निको हुँदा १० जनाको मृत्यू भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ३ हजार ९५६ जना संक्रमित हुँदा ६ जनाको ज्यान गएको छ भने १ हजार ४१८ जना निको भएका छन् । सबैभन्दा कम प्रभावित प्रदेशमा प्रदेश १ रहेको छ ।

त्यहाँ ७७५ जना संक्रमित भएकोमा ६०४ जना निको भएका छन् । प्रदेश १ मा कोरोनाबाट अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । बागमती प्रदेशमा ८२१ जना संक्रमित भएकोमा ३४७ जना निको भइसकेका छन् भने ९ जनाको मृत्यू भएको छ गण्डकीमा १ हजार २७८ जना संक्रमित हुँदा ५ जनाको मृत्यू भएको छ भने ७७१ जना घर फर्किएका छन् ।

कर्णाली प्रदेशमा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १ हजार ९४७ जना संक्रमित भएकोमा १ हजार ३७१ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय