scheduleआइतवार श्रावण २५ गते, २०७७

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृतले साढे ८ लाख घुस मागेको अभियोग

काठमाडाैं, ३० असार । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीसहित ७  जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएकाे छ । सेवाग्राहीसँग साढे ८ लाख घुस मागेकाे अभियाेगमा अख्तियारले उनीहरुविरुद्ध मुद्धा दायर गरेकाे हाे ।

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. क्रमश: उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई सेवाग्राहीबाट आठ लाख पचास हजार घुस  लिइसकेको अवस्थामा पक्राउ गरेकाे थियाे ।

कार्यलयका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारी, शाखा अधिकृत रघुवंश कंडेल, ना.सु. नवराज घिमिरे, गोपाल खड्का, उद्धव प्रसाद सापकोटा, नारायण प्रसाद पोखरेल र खरिदार दिपक खनालले एक आपसमा मिलेमतो गरी सेवाग्राहीको काठमाडौं टोखामा रहेको र बैना गरेका बिभिन्न कित्ता जग्गाहरुको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका लागि  ८ लाख ५० हजार घुस माग गरी नियमानुसार गर्नुपर्ने काममा सेवाग्राहीलाई दु:ख हैरानी दिई घुस रकम दिन बाध्य पारेकाे खुल्न आएकाे अख्तियारका प्रवक्ता प्रदिपकुमार काेइरालाले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय