पोखराका २ जना सहित गण्डकी प्रदेशमा थपिए ४ संक्रमित
पोखरा, ३० असार । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक मङ्गलबार बेलुका जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्की र नवलपरासी पूर्वका २-२ जना छन् ।
योसँगै प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १२०३ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका वडा नं २२ र २६ का २८ र ३२ वर्षीय दुईजना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेकाे बताइएकाे छ ।
त्यसैगरी हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाका २४ र ४१ वर्षीय दुईजना पुरुषमा पनि कोरोना भेटिएको छ ।
निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या ८७५ पुग्दा ४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।