scheduleबुधवार श्रावण २१ गते, २०७७

बाढी पहिराे प्रभावितलाई राहतको व्यवस्था खै ?

काठमाडाैं, ३० असार । नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिराबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिराका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् ।

सङ्घका सभापति भानुभक्त सिग्देलले आज एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरे ।

उनले यस्तो विपत्को घडीमा सङ्घ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशनसमेत गरेका छन् । यस प्राकृतिक प्रकोपबाट दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै सङ्घले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय