scheduleशनिवार कार्तिक ८ गते, २०७७

यो वर्षको गाईजात्रामा घिन्ताङघिसी नाच देखाउन नपाईने

भक्तपुर, ३० असार । यस वर्षको गाईजात्रा पर्वमा घिन्ताङघिसी नाच देखाउन नदिने भक्तपुर नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै गाथामुग पर्वमा पनि गाथामुग बनाएर दहन गर्न नदिने निर्णयसमेत गरेको नगरपालिकाले जनाएकाे छ ।

भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले गाई जात्रालाई औपचारिकतामा मात्रै सीमित गर्दै घिन्ताङघिसी नाच देखाउन नदिने निर्णय गरेकाे हाे ।

वर्षभरिका मृतकहरुको सम्झनामा गाईको प्रतीकस्वरुप डोकसाँ र ताहा साँसँगै लट्ठी जुधाएर मौलिक घिन्ताङघिसी नाच प्रदर्शन गर्न भक्तपुरको गाईजात्राको विशेषता हो ।

काठमाडाैं र ललितपुरमा एकदिनमात्रै गाईजात्रा मनाइन्छ तर भक्तपुरमा नौदिनसम्म मनाइन्छ ।

गाईजात्रालाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गर्नुअघि जात्रापर्वसँग सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेला गरिएको छ । यस वर्ष साउन ४ गते गाथामोग र साउन २० गते गाईजात्रा पर्व परेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay