scheduleशनिवार आश्विन १० गते, २०७७

सुशान्त निधनको एक महिनापछि प्रेमिका चक्रवर्तीको भावुक पोष्ट

एजेन्सी, ३१ असार । सुशान्त सिंह राजपुतले आत्महत्या गरेको ठिक एक महिना पुरा भएको छ । उनले जुन १४ मा मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा देहत्याग गरेका थिए ।

सुशान्तको प्रेमिका रिया चक्रवर्तीले एक महिनापछि भावुक हुँदै एक पोस्ट गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामा सुशान्तसँगका दुई सुन्दर फोटोसहित भावुक पोष्ट शेयर गरेकी हुन् ।


रियाले सुशान्तसँगको आकर्षक फोटो सार्वजनिक गर्दै लेखेकी छिन्, ‘अहिले पनि चोटले ग्रसित छु । मेरो मनमा कहिल्यै नभर्ने खालीपन छ । तिमी नै थियौ जसले मलाई शक्ति र विश्वास दिन्थ्यो । तिमीले नै मलाई सिकायौ एक सरल जीवन जिउने तरिका । म तिमीसँग वाचा गर्छु कि तिमीबाट नै जीवनभर सिकिरहनेछु ।’

उनले अगाडि लेखेकी छिन्, ‘मलाई थाहा छ तिमी अब शान्त स्थानमा छौं । चन्द्रमा, तारा, खुला आकाशको अंगालोमा छौ । तिमी एक चम्किलो तारा भएका छौ । मेरो स्टार म पर्खिन्छु, प्रतिक्षा गर्छु तिमीलाई, तिमी कहाँ लैजान सकोस् ।’

उनले भावुक हुँदै लेखेकी छिन्, ‘संसारले देखाएको छ कि तिमी सबैभन्दा राम्रो व्यक्ति थियौं । यो मेरो शब्दले हाम्रो प्रेम साबित गर्न सक्ने छैन । अनि यो सायद तिमीलाई थाहा छ । तिमीले खुला मनले सबैलाई मन परायौ । तिमीले साबित गरेका छौ हाम्रो प्रेम वास्तवमा अगाडि बढिरहेको छ । शान्त रहनु सुशी । तिमीलाई गुमाएको ३० दिन बितिसक्यो तर प्रेम गर्नलाई पूरा जीवन बाँकी छ । सधै मसँग रहनु । अन्त्यमा र त्यसपछि पनि ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय