scheduleबिहिवार श्रावण २९ गते, २०७७

बार्सिलोना प्रशिक्षक सेटिइनको जागिर धरापमा

काठमाडौँ, ३१ असार । यस सिजन बार्सिलोनाले उपाधिबिहिन रहेमा प्रशिक्षक क्विक सेटिइनलाई बर्खास्त गर्ने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ । यस सिजनको अन्त्यसम्म आइपुग्दा लिग लिडर रियल मड्रिडले खेलमा व्यापक सुधार ल्याउन सफल देखियो भने बार्सिलोनामा अझै समस्या देखिएको समिक्षकहरु बताउँछन् ।

बार्सिलोनाले अनुबन्ध गरेका खेलाडी पनि क्लबको रणनीति अनुसार फिट नहुँदा बार्सिलोनाको खेलमा सन्तुलन नदेखिएको समिक्षकहरु बताउँछन् ।

रियल मड्रिडले अब ला लिगा उपाधिका लागि एक खेल जिते हुनेछ । ३६ खेल खेलेको रियलको ७३ अंक रहेको छ । त्यस्तै बार्सिलोनाको ६९ अंक रहेको छ । क्लबले च्याम्पियन्स लिगमा बार्सिलोनाको खेल कस्तो हुनेछ त्यसबारे पनि विचार गरिने बताइएको छ ।

प्रशिक्षक सेटिइनको जागिर विस्तारै धरापमा परेको र सिजनको अन्त्यसँगै उनी बर्खास्तीमा पर्ने सम्भावना अधिक रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय