scheduleबिहिवार श्रावण २९ गते, २०७७

एटलान्टाले ब्रेसियाविरुद्ध हान्यो ६ गोल

काठमाडौँ, ३१ असार । इटालियन लिग सिरी एमा एटलान्टाले ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । लिग लिडर युभेन्ट्सभन्दा एटलान्टा ६ अंकले पछि रहेको छ ।

एटलान्टालाई सानदार जित दिलाउन पसालिकले ह्याट्रिक गरे । एटलान्टाका लागि खेलको दोस्रो मिनेटमै उनले गोल गर्दै अग्रता दिलाए । ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले बराबरी गोल फर्काए ।

मार्टन डी रुनले खेलको २५ औं मिनेटमा एटलान्टाका लागि गोल गरे । त्यसपछि खेलमा एटलान्टाको प्रभाव रह्यो । पसालिकले दुई गोल गरे भने रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गर्न सफल रहे। निकोलस स्पेलक्सले ब्रेसियाका लागि खेलको ८३ औँ मिनेटमा गोल गरे ।

यो सानदार जितसँगै एटलान्टाको ७० अंक रहेको छ । लिगको १९ औँ स्थानमा रहेको ब्रेसिया २१ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय