scheduleशनिवार श्रावण २४ गते, २०७७

हाजार्डबारे यसो भन्छन् प्रशिक्षक जिदान

काठमाडौँ, ३१ असार । ठुलो आशाका साथ रियल मड्रिडले अनुबन्ध गरेका खेलाडी इडिन हजार्ड फेरि घाइते भएका छन् । जिदानका प्रिय खेलाडी समेत रहेका हाजार्डलाई एथ्लेटिक बिल्बाओसँगको खेलमा दाहिने खुट्टाको एन्कलमा चोट लागेको थियो ।

उक्त खेलमा घाइते भएपछि हाल उनको उपचार चलिरहेको छ । ग्रानाडाविरुद्धको खेलमा सानदार जित हात पारेपछि जिदानले हाजार्डको स्थितिबारे जानकारी दिएका थिए ।

उनलाई गम्भीर चोट लागेको र केही समयका लागि मैदान बाहिर रहने बताएका थिए ।

रियलमा अनुबन्ध भएपछि हाजार्डले प्रभावशाली खेल प्रदर्शन गर्न सकिरहेका छैनन् । क्लबले उनीबाट भने धेरै नै अपेक्षा गरेको थियो । तर, बारम्बार चोट बोकेपछि भने हाजार्ड आफैँ पनि निराश बनेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय