scheduleबुधवार श्रावण २८ गते, २०७७

अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो

काठमाडौँ, ३१ असार । अमेरिकामा एकैदिन ६५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो केही दिनयता लगातार अमेरिकामा ६० हजारभन्दा बढी संक्रमित फेला पर्दै आइरहेका छन् । संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । वल्र्डवमिटरका अनुसार अमेरिकामा ३५ लाख ४५ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३९ हजार १४३ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । मंगलबारमात्रै ९३५ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

१६ लाखभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय