scheduleबुधवार श्रावण २८ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, एकैदिन १ हजार ३४१ जनाभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौँ, ३१ असार । ब्राजिलमा कोरोना भाइरसका कारण हालसम्म ७४ हजार २६२ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै १ हजार ३४१ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या १९ लाख ३१ हजार नाघेको छ ।

मंगलबारमात्रै ४३ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

त्यस्तै १२ लाख १३ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय