scheduleबुधवार श्रावण २८ गते, २०७७

भारतमा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, ३१ असार । भारतमा कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या २४ हजार ३१५ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन २९ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या ९ लाख ३७ हजार नाघेको छ । मंगलबारमात्रै भारतमा २९ हजारभर संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ३७ हजार पुगेको हो ।

मंगलबारमात्रै ५८८ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

५ लाख ९३ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय