scheduleबुधवार श्रावण २८ गते, २०७७

विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ

काठमाडौं, ३१ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । उनी कैलालीमा पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप-महानगरपालिकाको बेलीबाट पक्राउ गरेकाे हाे ।

यस्तै पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको विप्लव समूहका नेताहरुले बताएका छन् । थप विवरण आउन बाँकी छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यलयमा ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय