scheduleबुधवार श्रावण २८ गते, २०७७

३ दिन पछि खुल्यो पाल्पा–बुटवल सडक

फाइल तस्बिर

पाल्पा, ३१ असार । पाल्पा–बुटवल सडक ३ दिन पछि खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक खण्डको तिनाउँ, सिद्धबाबा, डुम्रे लगायत ठाउँमा खसेको ठुलो ढुङ्गासहितको पहिरो हटाएपछि दिउँसो साढे १ बजेदेखि बाटो खुलेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

३ दिन सम्म बाटो बन्द भएपछि दर्जनौ गाडीहरु अलपत्र परेका थिए । यात्रुहरु पहिरो छल्दै जंगलको बाटो हिडेर गन्तब्य पुगेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय