scheduleबुधवार श्रावण २८ गते, २०७७

लिफ्ट दिने बहानामा बलात्कार प्रयास, ४ जना पक्राउ

पोखरा, ३१ असार । लकडाउनका बेला लिफ्ट दिने बहानामा युवतीमाथि जबरजस्ती गर्न खोजेपछि ४ जना युवा पक्राउ परेका छन् ।

मंगलबार विहान पोखराको लेकसाइडस्थित एक होटलमा लगी दुईजनाले शारीरिक सम्बन्ध राख्न खोजेपछि ती युवती उम्कन सफल भएर प्रहरीकोमा खबर गर्न पुगेकी थिइन् ।

स्रोतका अनुसार अन्य दुईजना भने जबरजस्ती करणीमा संलग्न नरहेको तर गाडीमा चार जना भएकोमा चारैजनालाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि पर्वत तर्फ भाग्दै गरेका चारैजना कास्की र पर्वतको सीमाना नागडाँडाबाट समातिएका थिए ।

कास्की प्रहरीले भने औपचारिक रुपमा यसको जानकारी दिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय