scheduleबुधवार श्रावण २८ गते, २०७७

सकियो ‌ओली-प्रचण्डको २ घण्टा लामो छलफल

काठमाडौं, ३१ असार । प्रधननमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

मंगलवार पनि छलफल गरेका ओली र प्रचण्डले बुधवार पनि छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको २ घण्टा लामो छलफलमा नेकपाभित्रको आन्तरिक विवाद साम्य पार्नेबारे कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । हिजोको बैठक निष्कर्षविहीन भएकोले आज पनि छलफल गरिएको हो । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष चलिरहेको छ ।

पार्टीभित्रको आन्तरिक विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

उक्त छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान राख्दै आएका छन् । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी संचालन गर्ने भनिएको थियो  ।

पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय