scheduleआइतवार श्रावण २५ गते, २०७७

म्याद सकिएका आवासीय भिसाको समय थप्ने साउदी सरकारको निर्णय


काठमाडौँ, ३१ असार । साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्ने निर्णय गरेको छ । त्यहाँको राहदानी विभाग (जवाजत)ले राजकीय निर्णयअनुसार कामदारको भिसाको म्याद थपिएको स्पष्ट पारेको छ ।

यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएका छन् । सरकारको यो निर्णयसँगै नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।

भिसाको म्याद थप्नका लागि कामदार वा रोजगारदाताले थप शुल्क बुझाउनुपर्ने छैन भने यसका लागि जवाजतमा गई आवेदन दिइराख्नु पर्ने छैन ।

साउदी स्थित नेपाली दूताबासले साउदी सरकारको यो निर्णयबाट भिसाको म्याद समाप्त भएका कामदारले कानुनी हैसियत पाएको जनाएको छ । यसबाट भिसाकै कारण चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि दूतावासले जनाएको छ ।

यो निर्णयबाट नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरुले भिसालाई प्रयोग गर्न पाउनेछन् । साउदीको राहदानी विभागका अनुसार बिदामा नेपालमा आएका कामदारको पनि भिसाको म्याद आफैं थपिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय