scheduleबुधवार श्रावण २८ गते, २०७७

बिगब्यास लिग क्रिकेट डिसेम्बर पहिलो सातादेखि

काठमाडौं, ३१ असार । अस्ट्रेलियन बिग ब्यास लिग टी-२० क्रिकेट आगामी डिसेम्बर ३ देखि हुने भएको छ । बुधबार एक सम्मेलनमार्फत क्रिकेट अस्ट्रेलियाले उक्त जानकारी दिएको हो ।

आयोजकका अनुसार उद्घाटन खेलमा एडेलेड स्ट्राइकर्सले मेलबर्न रेनेगेड्सको सामना गर्ने छ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने यसअघिका दुई सिजन उक्त प्रतियोगितामा मेलबर्न स्टार्सबाट खेलिसकेका छन् ।

८ टिम सम्मिलित रहने उक्त प्रतियोगिताको फाइनल खेल फेब्रुवरी ६ मा हुनेछ । प्रतियोगिताको इतिहासमै पहिलोपटक यस सिजनको बिगब्यास लिग २ महिनाभन्दा बढी समयसम्म चल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय