scheduleशनिवार आश्विन १० गते, २०७७

कहिलेकाँही केही नगर्नु पनि जरुरी छः राधिका आप्ते

एजेन्सी, १ साउन । बलिउडकी चर्चित अभिनेत्री राधिका आप्तेले कहिलेकाँही केही नगर्नु जरुरी रहेको बताएकी छिन् । कामबाट बसदा लिएर समेत बस्न आवश्यक रहेको उनको बुझाई छ ।

आईएएनएससँगको कुराकानीमा उनले भनेकी छिन्, ‘विश्वमा जे भईरहेको छ, यो स्थिर र भविष्यको बारे सोचेको छैन । किनभने यो अनिश्चित हो । दिनहरु जसरी आइरहेको छ म उस्तै हिसाबले बिताई रहेको छु ।’

राधिकाले अगाडि भनेकी छिन्, ‘लकडाउनमा मेरो समय केही काम नगरी नै बितिरहेको छ । यो समयमा मैले कुनै काम गरेको छैन । यस अवधिमा राम्रोसँग बसिरहेको छु , धेरै सुतिरहेको छु , व्यायाम, कसरत गरिरहेको छु, चलचित्र हेरिरहेको छु र किताब पढिरहेको छु । तर यो समया मैले आमा र परिवारलाई याद गरिरहेको छु ।’

हालैमा स्वीडेनको ब्राण्ड डेनियल वेलिन्गटनले आफ्नो आइकोनिक लिङ्क ल्यूमेन घडी भारतमा राधिका आप्तेको साथ सार्वजनिक गरेको थियो । राधिका तीन वर्षदेखि यो ब्रान्डको दूत हुन् ।

उनी अहिले लकडाउनमा लण्डनमा पतिसँग बसिरहेकी छिन् । तर उनले आफना कामलाई धेरै सम्झिरेको एक पोष्टमार्फत बताएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय