scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा कोरोना भाइरस, एकैदिन ६१२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाए

काठमाडौँ, १ साउन । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ९२९ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

योसँगै संक्रमितको संख्या ९ लाख ७० हजार नाघेको छ । बुधबारमात्रै भारतमा ३२ हजारभन्दा बढी संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार पुगेको हो ।

बुधबारमात्रै ६१२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

६ लाख १३ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय