scheduleबिहिवार आश्विन १५ गते, २०७७

सुशान्त सिंहको प्रेमिकालाई यौन शोषण र ज्यान मार्ने धम्की

एजेन्सी, १ साउन । सुशान्त सिंह राजपुतको प्रेमिका रिया चक्रवर्तीलाई यौन शोषण र ज्यान मार्ने धम्की आएको छ । उनलाई एक महिलाले धम्की दिँदै त्यस्तो सन्देश पठाएको खुलाशा भएको हो ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक महिनाभन्दा बढी समय भईसकेको छ तर अहिले पनि उनका सर्मथकले रिया चक्रवर्ती र केही बलिउड कलाकारलाई निशानामा बनाएर ट्रोल गरिरहेका छन् । रियाले ती महिलाको सन्देशलाई स्क्रीनसर्ट गरी इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी हुन् ।

सुशान्तको निधन लगतै यस्तो सन्देश आइरेको थियो तर तिनी चुप थिइन् । अहिले ती सन्देशलाई सार्वजनिक गरेकी हुन् । मन्नत रावत नाम गरेकी ती महिलाले सन्देशमा लेखेकी छिन्, ‘मलाई विश्वास छ तिम्रो यौन शोषण हुन्छ र तिम्रो ज्यान लिइनेछ । तिमी आत्महत्या गर, नभए तिमीलाई मार्नको लागि म छिट्टै केही मानिसलाई पठाउँदैछु, भन्ने लेखेको थियो ।’

यो सन्देशको प्रतिक्रिया दिएर रियाले आफनो रिस पोखेकी छिन् । ‘मलाई लालची, हत्यारा महिला भनियो म चुप थिएँ । तर कसैलाई पनि भन्ने यो अधिकार छैन कि तिमी आत्महत्या गर नभए तिम्रो हत्या हुनेछ,’ उनले बोल्नुभन्दा अगाडि गम्भीर हुन आग्रह गर्दै भनेकी छिन्, ‘यो सबै अपराध हो । यो यस्तो शोषण मलाई नगरदिनुहोस् ।’

ती महिलाको विरुद्धमा रियाले कारबाहीको माग समेत गरेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय